गृहपृष्ठ खबर माघ अगाडि नै कक्षा ११ को वार्षिक परीक्षा लिइसक्नुपर्ने

माघ अगाडि नै कक्षा ११ को वार्षिक परीक्षा लिइसक्नुपर्ने

प्रकाशित मिति:

कोरोना भाइरस (कोभिड–११) महामारीका कारण स्थगित कक्षा ११ को परीक्षा आउँदो माघ महिना भन्दा अगाडि लिइसक्नुपर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डद्वारा जारी कार्यविधिमा ढिलोमा २०७८ सालको वैशाखरजेठमा सञ्चालन हुने कक्षा १२ को परीक्षाको आवेदन फर्म भर्नुपूर्व नै कक्षा ११ को परीक्षा लिइसक्नुपर्ने व्यवस्था गरिएको छ ।

‘बोर्डले सञ्चालन गर्ने कक्षा १२ को परीक्षा फर्म आगामी माघमा भर्नुपर्छ, त्यो भन्दा पहिला नै विद्यालयहरूले कक्षा ११ को परीक्षा लिइसक्नुपर्छ’ बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले भने । आंशिक तथा ग्रेड वृद्धि परीक्षार्थीले भने २०७७ सालको कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन हुनुपूर्व नै परीक्षा दिइसक्नुपर्ने अर्यालले जानकारी दिए । अर्यालका अनुसार यो परीक्षाको संपरीक्षण बोर्डले नै गर्नेछ ।

गत असार १९ गते बसेको पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद् बैठकले यसअघि बोर्डले लिँदै आएको कक्षा ११ को परीक्षा सम्बन्धित विद्यालय नै सञ्चालन, व्यवस्थापन र प्रमाणीकरण गर्ने निर्णय गरेको थियो ।

सम्बन्धित् समाचार