
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं ८ को मधुवनधाम क्षेत्रमा भएको अतिक्रमण हटाइने भएको छ । मधुवन धाम क्षेत्रमा अतिक्रमण रोक्ने सम्बन्धमा बसेको सर्वपक्षीय बैठकबाट यस्तो निणर्य भएको हो । अतिक्रमित क्षेत्र भनी नक्सामा छुट्याइएको जग्गा बाहेक भएको अतिक्रमण हटाउने वाणगंगा नगरपालिकाले निणर्य गरेको छ ।
सुकुम्बासी बस्ती रहेको त्यस स्थानमा ०७६।०७७ मा बहाल बिटौरी कर तिरेका बाहेक कसैको पनि कर नलिन वडाले नै व्यवस्था मिलाउने र सर्वपक्षीय अनुगमन गरी अतिक्रमित क्षेत्र हटाउने लगायतका निणर्य गरिएको हो ।
वाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारुले धार्मीक तथा पर्यटकीय स्थल मधुवन धाम विकासको लागि जस्तो सुकै कदम चाल्न तत्पर हुने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले कपिलवस्तु जिल्लामा रहेका यस्ता धामको संरक्षण गर्नु सबैको कतव्र्य रहेको बताए ।
यस्तै वडा नं ८ का वडा अध्यक्ष गुणानिधि भुसालले मधुवन धामको विकासमा सदैव कटिवद्ध रहने धारणा राख्नुभयो । उहाँले मधुवन जस्तो धार्मीक स्थललाई आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन नयाँ योजनाका साथ लागिपर्नु पर्ने बताए ।
अतिक्रमण कार्यलाई सम्पन्न गर्नका लागि नगर कार्यपालिका सदस्य पूर्णकला सुनारको अध्यक्षतामा सबै पक्ष समेट्ने गरी ३० सदस्यीय समिति समेत गठन गरिएको छ । मधुवन क्षेत्रमा जस्तै वाणगंगाका अन्य क्षेत्रहरु समेत अतिक्रमण भएकोले सम्बन्धित पक्षको ध्यान जान जरुरी देखिन्छ ।








