गृहपृष्ठ खबर कोरोना सङ्क्रमितको सङ्ख्या बीस हजार नाघ्यो, थप ३१५ जनामा सङ्क्रमण पुष्टि

कोरोना सङ्क्रमितको सङ्ख्या बीस हजार नाघ्यो, थप ३१५ जनामा सङ्क्रमण पुष्टि

देशभरिमा गत चौबीस घण्टामा थप ३१५ जनामा रोनाभाइरस सङ्क्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिवार दिएको छ। यससँगै हालसम्म पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या २०,०८६ पुगेको छ।

अहिलेसम्म ७२% प्रतिशतभन्दा बढी रोगमुक्त भएका छन्। मन्त्रालयको तथ्याङ्क अनुसार अहिले सक्रिय सङ्क्रमण भएका कुल ५,३३८ व्यक्ति देशभरि आइसोलेशनमा छन्। विगत २४ घण्टामा पीसीआर विधिबाट ६,९९३ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ। कुल पीसीआर परीक्षणको सङ्ख्या ३,८२,४९० रहेको छ।

कुल निको हुनेको सङ्ख्या १४,४९२ रहेको छ। अहिले देशभरिका क्वारन्टीनमा ११,५३३ जना छन्।

सम्बन्धित् समाचार