गृहपृष्ठ खबर प्युठानमा टोल शिक्षाको प्रभाव, विद्यार्थी फेरि पढाइमा ब्यस्त

प्युठानमा टोल शिक्षाको प्रभाव, विद्यार्थी फेरि पढाइमा ब्यस्त

प्रकाशित मिति:

कविता सुनार अहिले कक्षा ५ मा पढ्छिन। उनी अचेल पढाई, लेखाइमा खुब ब्यस्त रहन्छिन। विद्यालयका शिक्षकहरु टोल-टोलमा गएर पढाउन सुरु गरेदेखी उनीमा छुट्टै खाले फुर्ती आउन थालेको छ । उनी भन्छिन, “कोरोना भाइरसका कारण लामो समय सम्म विद्यालय नखुल्दा आफुलाई पढ्न मन नलाग्ने र कोरोनाको डरले मन सधैं बिचलित रहने गर्थ्यो। अचेल सररम्याडमहरु हाम्रै टोलमा आएर पढाउदा मैले खुब मन लगाएर पढ्ने गरेकी छु। “स्वर्गद्वारी नगरपालिका-९ सिम्लेमा रहेको बाल कल्याण प्रा.बि ले टोल-टोलमा गएर पढाउन सुरु गरेदेखी बिद्यार्थीमा यस्तो परिवर्तन आउन थालेको हो।

स्वर्गद्वारी नगरपालिका-९ का सबै प्रा।बि हरु श्रावन लागेसङ्गै खुलेपनी बाल कल्याण प्रा।बि ले भने असारबाटै टोल-टोलमा गएर पढाउन सुरु गरेको थियो। सोही बिद्यालयमा पढ्दै आएका कविताले यसरी आफ्नै टोलबाट आफुले शिक्षा पाउँदा आफुलाई खुसी लागेको बताइन। कोरोना कहरले गर्दा कतिपय बालबालिकाको मनमा नराम्रो छाप बसेको छ। यस्तो अबस्थामा टोल-टोलमा गएर पढाउदा बालबालिकाको ध्यान पढाइमा जाने र उनिहरुको सोंचमा नकारात्मक असर नपर्ने प्रधानाध्यापक लोक बहादुर घर्ती मगरले बताउनु भयो। त्यति मात्र नभइ लामो समय सम्म बिद्यार्थीहरु घरमा बसिरहंदा पढाई बिगृन सक्ने भएकाले टोल-टोलमा गइ बिद्यार्थीलाई पढाउन सुरु गरेको प्रधानाध्यापक मगरले बताउनु भयो।

यसरी टोल-टोलमा गइ थोरै संख्यामा पठनपाठन गराउदा कोरोना त्रास पनि कम हुने र बिद्यार्थीलाई पनि सजिलै शिक्षा दिन सकिने भएकाले यस्तो विधि अपनाएको उहाँले बताउनु भयो। बिद्यालयले टोल-टोलमा गइ नजिक रहेका खुल्ला चौरमा सरसफाइ गरि बिद्यार्थि पढाउदै आएको छ। अहिले नियमित बर्षात भैरहेको र बिद्यार्थिलाई खुल्ला चौरमा लगि पढाउन निकै समस्या रहेकोले शिक्षक, बिद्यालय ब्यबस्थापन समिती र अभिभावक बिच छलफल गरि सामुदायिक भवन, बाल बिकास केन्द्र लगायतका भवनलाई प्रयोगमा ल्याइ कक्षा संचालन गरिरहेको प्रधानाध्यापक लोक बहादुर घर्ती मगरले बताउनु भयो। बिद्यालयबाट कक्षा संचालन गर्दा आबश्यक पर्ने शैक्षिक सामाग्री ल्याई कक्षा संचालन गर्दै आएको उहाँको भनाई छ।

टोल-टोलमा पुगि कक्षा संचालन गर्दै आउनु भएकी शिक्षिका टीका कुमारी पोख्रेलले भन्नुभयो, “हामी खुल्ला चौरमा सरसफाइ गरि बिद्यार्थि पढाउदै आएका छौँ। उनिहरु घरबाटै चकटी ल्याउछन, त्यसैमा बसि पढ्ने गर्छन। ” शिक्षक जुद्ध बहादुर बुढा मगरका अनुसार टोल(टोलमा गई पढाउदा आफुले छुट्टै अनुभव भएको बताउनु भयो। उहाँले भन्नुभयो, “टोल-टोलमा पुगि हामीले फरक(फरक उमेर समुहका र छुट्टाछुट्टै कक्षाका बिद्यार्थिलाई एकैठाउँमा राखेर कक्षा संचालन गर्छौं। कोभिड-19 का कारण लामो समयसम्म कक्षा संचालन नहुदाँ उनिहरु निरास थिए, कक्षा संचालन भएसंगै उनिहरु निकै हर्षित छन। हामी कक्षामा आउने बिद्यार्थिलाई पाठ्यपुस्तकको आधारमा पढाउने, गृहकार्य दिने, जाच्ने र पुनस् गृहकार्य दिने गरेका छौँ । ”

घरमा बस्दा आफ्ना बालबालिकाले पढ्नमा मन नलगाउने र आफुहरु पनि काममा ब्यस्त हुने भएकाले पढेका कुराहरु पनि बिर्सने होकि भन्ने अभिभावकको मनमा डर थियो। तर बिद्यालयका शिक्षकहरु आफ्नै टोलमा आएर आफ्ना बालबालिकालाई शिक्षा दिन सुरु गरेदेखी आफ्ना बालबच्चाले घरमा पनि गृहकार्य गर्न र पढ्न थालेको अभिभावकको भनाइ छ।

बिद्यालयका प्र।अ बैठकबाट शिक्षकहरुको आलोपालोमा टोल-टोलमा गई बिद्यार्थिलाई सहजीकरण गर्ने निर्णय गरिएको थियो। टोल-टोलमा बिद्यार्थिहरु जम्मा गरि गृहकार्य र पठनपाठनमा बिद्यालय शिक्षकले सहजीकरण गर्दै आएको स्वर्गद्वारी नगर शिक्षा साखाले जनाएको छ। टोल शिक्षा संचालन भएसङ्गै बिद्यार्थि सङ्गै अभिभावक पनि उत्साहित छन। जिल्लाको स्वर्गद्वारी नगरपालिका र मल्लरानी गाउँपालिकाले टोल शिक्षा संचालन गरेको छ।

सम्बन्धित् समाचार