गृहपृष्ठ खबर पूर्व अध्यक्ष पौडेल भन्छन-“व्यक्तिको संवादलाई आधार मान्नु गलत,आफू निर्दोष “

पूर्व अध्यक्ष पौडेल भन्छन-“व्यक्तिको संवादलाई आधार मान्नु गलत,आफू निर्दोष “

प्रकाशित मिति:

मधुवन सामुदायिक वन उपभोक्ता समूह वाणगंगा ८ कपिलवस्तुका पूर्व अध्यक्ष रामप्रसाद पौडेलले व्यक्तिको संवादलाई आधार मानेर समाचार सम्प्रेषण गरिनु गलत भएको र आफू निर्दोष रहेको बताएका छन् । छानबिन समितिका संयोजकसँगको अन्तर्वार्तामा आफ्नो नाम जोडेर गरिएको समाचार सम्प्रेषण खेदजनक रहेको उनले वैखरी अनलाइनलाई बताए ।

उनले व्यक्तिको संवादलाई आधार बनाउदै आफ्नो नाम जोडिएको र आफूले कुनै पनि किसिमको आर्थिक हिनामिना नगरेको र त्यसको यथेष्ट प्रमाण आफूसँग भएको बताए । कुनै पनि मेडियाले कसैलाई आरोपित समाचार सम्प्रेषण गर्दा दोहोरो प्रतिक्रिया लिनुपर्ने र आगामी दिनमा मेडियालाई सो कुरामा ख्याल राख्न ध्यानाकर्षण गराए ।

साथै पूर्व अध्यक्ष पौडेलले मेडियाद्वारा प्रसारित अन्तर्वार्ताले आफ्ना उपभोक्ता समूह सदस्य , समिति ,शुभचिन्तक , आफन्तहरु प्रति पर्न गएको दुख तथा असुविधा प्रति धैर्यधारण गर्न आग्रह गरेका छन् ।

पूर्व अध्यक्षप्रति लगाइएको आरोपप्रति मधुवन सामुदायिक वनको गम्भीर ध्यानाकर्षण

आफ्ना पूर्व अध्यक्षहरु रामप्रसाद पौडेल र महेन्द्र ज्ञवालीप्रति कुनै एक व्यक्तिको संवादलाई आधार मानी लगाइएको आरोपप्रति मधुवन सामुदायिक वनले गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

मधुवन सामुदायिक वन उपभोक्ता समूह वाणगंगा ८ कपिलवस्तुका अध्यक्ष गोपाल खरेलद्वारा जारी गरिएको विज्ञप्तिमा प्रक्रियामा रहेको र प्रमाणित समेत नभएको कुरालाई कुनै एक व्यक्तिको संवादलाई आधार मानी लगाइएको आरोप पत्रकारिताको मर्म विपरीत रहेको र उक्त प्रसारित समाचारले आरोप पुष्टि गर्ने कुनै आधार नभएकोले सम्पूर्ण उपभोक्ताहरुलाई धैर्यधारण गर्न आग्रह गरिएको छ ।
साथै छानबिन समितिको प्रतिवेदन सम्बन्धि उठेको विषय समूहको उच्च निकाय साधारणसभाद्वारा टुङ्गाइने अध्यक्ष खरेलले बताएका छन् ।

सम्बन्धित् समाचार