गृहपृष्ठ अन्तरास्ट्रिय खबर बलिवुड अभिनेता अमिताभ बच्चन कोरोनामुक्त भएर घर फर्किए

बलिवुड अभिनेता अमिताभ बच्चन कोरोनामुक्त भएर घर फर्किए

बलिवुड अभिनेता अमिताभ बच्चन कोरोनामुक्त भएर घर फर्किएका छन् ।आइतबारको कोराना परीक्षणमा रिपोर्ट नेगेटिभ आएसँगै आफू डिस्चार्ज भएको अमिताभ बच्चनले ट्विटरमार्फत जानकारी दिएका छन् ।

आफ्नो उपचारमा संलग्न स्वास्थ्यकर्मी, आफ्नो लागि प्रार्थना गर्ने समर्थकलगायत सम्पूर्ण अस्पताल प्रशासनलाई उनले धन्यवाद दिएका छन् ।

गएको महिना कोरोना सङ्क्रमण पुष्टि भएपछि उनी अस्पताल भर्ना भएका थिए । अमिताभसँगै उनका छोरा अभिषेक, बुहारी ऐश्वर्या र नातिनी आराध्यामा पनि कोरोनाको सङ्क्रमण पुष्टि भएको थियो ।

सम्बन्धित् समाचार