गृहपृष्ठ अन्तरास्ट्रिय खबर भारतीय गृह मन्त्री अमित शाहलाई कोरोना पुष्टि

भारतीय गृह मन्त्री अमित शाहलाई कोरोना पुष्टि

PTI5_21_2018_000094B

भारतीय गृह मन्त्री अमित शाहलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । गृह मन्त्री शाहले आफूमा कोरोना लक्षण देखिएपछि जाँच गराउँदा रिपोर्ट पोजेटिभ देखिएको सामाजिक सञ्जाल ट्विटरमार्फत् जानकारी गराउनुभएको हो ।

उहाँले ट्वीट गर्दै भन्नु भएको छ, “कोरोनाको सुरुवाती लक्षण देखिएपछि परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको छ । मेरो अवस्था सामान्य छ र डाक्टरको सल्लाहमा अस्पतालमा भर्ना हुँदैछु ।”

साथै उहाँले आफ्नो सम्पर्कमा आएका व्यक्तिहरुलाई जाँच गराउन र आइसोलेसनमा बस्न भन्नु भएको छ ।

सम्बन्धित् समाचार