बुद्धभूमि १९ श्रावण
तराईबासीले सोमबार जनै पुर्णिमा तथा रक्षाबन्धन धुमधामका साथ मनाएका छन् । पवित्रता, प्रेम, शक्ती र एकताको प्रतिक महान पर्व रक्षाबन्धन (राखी) र जनै पूर्णिमा सोमबार कपिलबस्तुमा दिदि बहिनी तथा दाजुभाईहरुले धुमधामका साथ मनाएका हुन ।
यसै अवसरमा बुद्द्भुमी नगरपालिका वडा १ का वडा अध्यक्ष तेज बहादुर बस्नेत तिलकले आफ्नी स्व आमा गोमादेवी बस्नेतको सम्झनामा तारकेश्वोर धाम बुद्धभुमी १ पत्थरकोटलाई अक्षयकोष स्थापनार्थका लागि रु १,११,१११/ सहयोग प्रदान गर्नु भएको छ ।
साथै यसै अवसरमा शिक्षक बलराम बस्नेत ले पनि मन्दिरका लागि १ वटा पन्खा सहयोग प्रदान गर्नु भएको छ।
विभिन्न सामाजिक कार्यमा सक्रिय रहेका वडा अध्यक्ष बस्नेत र शिक्षक बस्नेतलाई पत्थरकोट बासीले खुलेरै प्रसंसा गरेका थिए।