गृहपृष्ठ खबर जनै पूर्णिमाको अबसरमा वडा अध्यक्ष बस्नेतले गरे तारकेश्वोर धामलाई एक लाख बढि सहयोग

जनै पूर्णिमाको अबसरमा वडा अध्यक्ष बस्नेतले गरे तारकेश्वोर धामलाई एक लाख बढि सहयोग

बुद्धभूमि १९ श्रावण
तराईबासीले सोमबार जनै पुर्णिमा तथा रक्षाबन्धन धुमधामका साथ मनाएका छन् । पवित्रता, प्रेम, शक्ती र एकताको प्रतिक महान पर्व रक्षाबन्धन (राखी) र जनै पूर्णिमा सोमबार कपिलबस्तुमा दिदि बहिनी तथा दाजुभाईहरुले धुमधामका साथ मनाएका हुन ।

यसै अवसरमा बुद्द्भुमी नगरपालिका वडा १ का वडा अध्यक्ष तेज बहादुर बस्नेत तिलकले आफ्नी स्व आमा गोमादेवी बस्नेतको सम्झनामा तारकेश्वोर धाम बुद्धभुमी १ पत्थरकोटलाई अक्षयकोष स्थापनार्थका लागि रु १,११,१११/ सहयोग प्रदान गर्नु भएको छ ।
साथै यसै अवसरमा शिक्षक बलराम बस्नेत ले पनि मन्दिरका लागि १ वटा पन्खा सहयोग प्रदान गर्नु भएको छ।
विभिन्न सामाजिक कार्यमा सक्रिय रहेका वडा अध्यक्ष बस्नेत र शिक्षक बस्नेतलाई पत्थरकोट बासीले खुलेरै प्रसंसा गरेका थिए।

सम्बन्धित् समाचार