कपिलवस्तु ,कृष्णनगर,साउन २० ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकाबाट Random Sampling Techniques द्वारा २०७७/०४/१८ गते गरिएको कुल १३३ नमुना संकलन मध्ये ५ पोजेटिभ देखिएको छ भने ११९ नेगेटिभ रिपोर्ट आएको छ । ९ नमुनाको रिपोर्ट भने प्रतीक्षामा नै छ । यी सबै नमुना समुदायबाट संकलन गरिएको थियोे । सबै नमुना लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा परिक्षण भएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।
५ पोजेटिभ व्यक्ति कृष्णनगर नगरपालिका वाड नं २का बर्ष २१ र २५ पुरुष २, वाड न ८ का बर्ष १२ का पुरुष १ र ६ बर्षको १ बालिका र वाड न ११ का बर्ष ४० का पुरुष १ रहेका छन् । यस सँगै कपिलवस्तु जिल्लामा संक्रमितको संख्या ८०६ पुगेको छ ।








