गृहपृष्ठ खबर एसइईको नतिजा आज प्रकाशित नहुने, बोर्ड बैठकबाट भोलि निर्णय हुने

एसइईको नतिजा आज प्रकाशित नहुने, बोर्ड बैठकबाट भोलि निर्णय हुने

प्रकाशित मिति:

आज सार्वजनिक बिदा परेकाले एसइई परीक्षाको आन्तरिक मूल्यांकनको नतिजा प्रकाशित नहुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज नतिजा प्रकाशनको तयारी गरेको थियो। राष्ट्रिय परीक्षा बोर्ड,परीक्षा नियन्त्रक कार्यालय ९ कक्षा १०० का उपनियन्त्रक महेश्वर शर्माले आज यसबारे जानकारी दिएका हुन्। उनले भने,‘भोलि बोर्ड बैठक बस्दै छौँ। त्यसपछि कहिले प्रकाशित हुने छ निर्णय हुन्छ।’

उनका अनुसार बुधबार बोर्ड बैठक बस्ने कार्यतालिका छ। उक्त बैठकको निर्णयले भोलि बेलुका वा बिहीबारसम्म नतिजा प्रकाशित हुने सम्भावना बढी छ। बोर्डका अनुसार यस वर्ष चार लाख ८३ हजार विद्यार्थीको एसइई परीक्षाको आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित हुनेछ।

सम्बन्धित् समाचार