गृहपृष्ठ खबर कोरोना संक्रमितको संख्या २१ हजार नाघ्यो, थप २५९ जनामा कोरोना पुष्टि

कोरोना संक्रमितको संख्या २१ हजार नाघ्यो, थप २५९ जनामा कोरोना पुष्टि

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २१ हजार ९ पुगेको छ । पछिल्लो २४ घण्टामा २५९ जना नयाँ संक्रमित बढेसंगै कूल संक्रमितको संख्या २१ हजार ९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वोर गौतमले बताउनुभयो ।

थपिनेमा काठमाडौं उपत्यकाका ६२ जना रहेका छन् । हाल सक्रिय संक्रमितको संख्या ५ हजार ९ सय २५ रहेको छ । पछिल्लो २४ घण्टामा ६५ जनाले मात्र कोरोना जितेर घर फर्केका छन् । हालसम्म निको भएकाको संख्या १५ हजार २६ पुगेको छ ।

अहिलेसम्म ५८ जनाको कोरोनाबाट मृत्यु भएको छ । हाल ५ हजार ९ सय २५ जना आइसोलेसनमा रहेका छन् । १० हजार ४ सय ५२ जना क्वारेन्टिनमा रहेका छन् । मन्त्रालयले कोरोनाबाट बच्ने एकमात्र उपाय एएमएस सामाजिक दूरी, मास्क र सेनिटाइजरमात्र भएको भन्दै अनिवार्य रुपले अपनाउन आग्रह गरेको छ ।

सम्बन्धित् समाचार