
नेपाली कांग्रेस जिल्ला कार्यसमिति कपिलवस्तुले कपिलवस्तु निर्वाचन क्षेत्र न. ३ को क्षेत्रीय सह सभापतिमा सन्तोष कुमार
यादवलाई मनोनयन गरेको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति कपिलवस्तुको समायोजन सम्बन्धी बसेको बैठकले यादवलाई मनोनयन गरेको हो ।
जिल्ला सभापती सुरेन्द्र राज आचार्यले पार्टीको सच्चा कार्यकर्ता रुपमा रहेका स्वच्छ छबी भएका सन्तोष कुमार यादवलाई सहसभापती पदमा नियुक्त गरेको बताउनु भयो । उहाले भन्नु भयो क्षेत्रको कार्य समिति विस्तारको क्रममा यादवलाई पाटीको निति नियम निर्देशन अनुसार काम गर्नका लागि नियुक्त गरिएको छ ।
सहसभापति पदमा नियुक्त भएका यादवले पाटीको मुल सिद्धान्तलाई आत्मासात गर्दे अधि बढने प्रतिबद्धता जनाउनुभयो । कपिलवस्तु निर्वाचन क्षेत्र नं. ३ को क्षेत्रीय सहसभापति जस्तो गरिमामय पदमा मनोनयन गर्नु भएकोमा जिल्ला सभापति सुरेन्द्र राज आचार्य, नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा कपिलवस्तु क्षेत्र नं. ३ का सांसद अभिषेक प्रताप शाह लगायतलाई धन्यबाद समेत दिनु भएको थियो ।








