बुटवल । प्रदेश नम्बर ५ को प्रदेश सभामा प्रमुख विपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको नेतामा वीरेन्द्रकुमार कनौडिया चयन भएका छन् ।पार्टी संसदीय दलको मंगलबार बुटवलमा बसेको बैठकले कपिलवस्तु–३ (२) बाट निर्वाचत कनौडियालाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको हो ।

कनौडियालाई नेता चयन गर्न पार्टी संसदीय दलका प्रमुख सचेतक सुरेन्द्र हमालले प्रस्ताव र लेखा समितिका सभापति समेत रहेका सांसद डिल्ली चौधरीले समर्थन गरेको कांग्रेस सचेतक निर्मला क्षेत्रीले जानकारी दिइन् । गत माघ ८ गते संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको निधन भएपछि कनौडिया कार्यवाहक नेता बनेका थिए ।
लामो समय पार्टीको संसदीय दलको नेता चयन नहुँदा प्रदेश ५ को प्रदेशसभा नेपाली काग्रेसको भूमिका कमजोर भएको भन्दै टिकाटिप्पणी हुन थालेको थियो ।








