गृहपृष्ठ खबर वाणगंगा नगरपालिका – ८ पुलचोकमा सवारी दुर्घटना, एक जना गम्भिर घाईते

वाणगंगा नगरपालिका – ८ पुलचोकमा सवारी दुर्घटना, एक जना गम्भिर घाईते

प्रकाशित मिति:

कपिलवस्तुको वाणगंगा नगरपालिका ८ पुलचोकमा सवारी दुर्घटना भएको छ । लु ११ प २७१२ नम्बरको मोटरसाईकल र बा १६ च ५४२१ नम्बरको कार एक आपसमा ठोकिदा दुर्घटना भएको हो । मोटरसाईकलमा सवार दुई जनामध्ये पछाडि बसेकी एक महिला गम्भिर घाईते भएकी छिन् भने चालक सामान्य घाईते भइका छन् ।

गम्भिर घाईतेलाई थप उपचारका लागी कपिलवस्तु सामुदायिक अस्पतालमा लगिएको छ । दुर्घटना तीव्र गतिका कारण भएको बताईएको छ ।

सम्बन्धित् समाचार