गृहपृष्ठ खबर कपिलवस्तुमा स्थानीय पर्व तीन-छठ्ठी मनाईदै

कपिलवस्तुमा स्थानीय पर्व तीन-छठ्ठी मनाईदै

प्रकाशित मिति:

कपिलवस्तु ,साउन २५
पश्चिम तराईकाे मधेशी समुदायका महिलाहरूले आफ्नो छोराको सु-स्वस्थ, दीर्घायुको कामना गर्दै एक दिने बिशेष पुजा-पाठ गर्ने प्रचलन छ जसलाइ तीन छठी पर्व भनिन्छ । यो पर्व प्रत्येक बर्षको भाद्र कृष्णपक्ष ललही छठ को तिथीमा मनाइने गरिन्छ ।

यस पर्वमा घासे कुश,महुवा र तिन्नी नाम गरेको चामल को पुजा पाठ गरी आफ्ना छोराहरु लाई टिका टाला गर्ने गरिन्छ। ब्रत बस्ने आमाहरु बिहान देखी गोधुली साझ सम्म निराजल रही साझ हुनु भन्दा अगावै तिन्नी चामल को भात पकाई साग र दही संग खाने प्रचलन छ ।

व्रतालु महिलाहरू घर भन्दा बाहिर खनजोत नगरिएको न खेतमा गई कुशे घास को पुजा गरी त्यही एक जुट भई केही समय सम्म बसी सबैले पालै पालो आमा र छोरा को कथा-कहानी भन्ने गर्दछन भने कतिपय महिलाहरु आफ्नै घरमा कुश र महुवा ल्याई घरै बसी पुजा पाठ गर्ने गरेको पाइन्छ।

सम्बन्धित् समाचार