कपिलवस्तुमा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ८५७ पुगेको छ ।
यही साउन २१ गते कपिलवस्तु नगरपालिकाका तौलिहवा बजार क्षेत्र (बालमन्दिर)बाट २२६ जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । जसमध्ये ११७ नेगेटिभ रिपोर्ट आएको छ, भने ११ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
बाँकी ९८ जनाको रिपोर्ट आउन बाँकी रहेको जनाइएको छ । त्यस्तै, यही साउन २३ गते कपिलवस्तु अस्पतालबाट ६ जनाको स्वाब संकलन गरिएको थियो । जसमध्ये, ५ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।








