गृहपृष्ठ खबर ५ औं राष्ट्रिय वन दिवसका अवसरमा कन्चनमा वृक्षारोपण एवम् अन्तरक्रिया- वैखरी

५ औं राष्ट्रिय वन दिवसका अवसरमा कन्चनमा वृक्षारोपण एवम् अन्तरक्रिया- वैखरी

५ औं राष्ट्रिय वन दिवसका अवसरमा आज कन्चनमा वृक्षारोपण एवम् अन्तरक्रिया कार्यक्रम गरिएको छ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल रुपन्देहीको आयोजना तथा रुद्रपुर सामुदायिक वन उपभोक्ता समुहको सह आयोजनामा पाचौं राष्ट्यि वन दिवसका अवसरमा वृक्षारोपण संगै अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

बृक्षारोपण कार्यक्रम पछि भएको अन्तरक्रिया कार्यक्रममा कन्चन गाउपालिका वडा नं। ४ का वडाध्यक्ष दुर्गा सिंह क्षेत्रिले राष्ट्रिय वन दिवस मनाइरहदा जहाँ र जुन क्षेत्रका व्यक्तिलाई अन्तरक्रिया कार्यक्रमको आवश्यकता हो त्यहाँ र उनिहरुहरुलाई नै समेटेर कार्यक्रम गर्न सक्यो भने सामुदायिक वन जोगाउन र आम्दानी बढाउन सकिने बताउनु भएको छ । प्रमुख अतिथि समेत रहनुभएका क्षेत्रीले समुदायमा वन हस्तान्तरण गरेदेखि नै उजाड ठाउँहरु हराभरा भएको बताउनु भएको थियो।

यस्तै कन्चन ५ का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारीले वन दिवस मनाइरहदा विगतमा वनलाई राजनीतिकरण गर्ने, जथाभावी फडानी गर्ने गरेको सम्झदै वनको संरक्षण र सम्बर्द्धन गर्नुपर्ने बताउनु भएको छ । यस्तै बिगतकोे उजाड वनलाई अहिले समुदायले हराभरा बनाएको हुँदा दिवस मनाउदा पनि समुदायमा आधारित कार्यक्रम गर्न सके अझ प्रभावकारी हुने उललेख गर्दा बनको संरक्षणका आज वन दिवस मनाउन पाउदा गर्व लागेको र अझ व्यवस्थित गर्न सके दिगोपना दिन सकिने हुँदा यस्ता दिवसले प्रेरणा मिल्ने बताउनु भएको थियो ।

कार्यक्रममा सामुदायिक जिल्ला वन उपभोक्ता महासंघ रुपन्देहीका अध्यक्ष दिनानाथ आचार्यले कोरोना महामारीको जोखिमका कारण राष्ट्रिय बन दिवको कार्यक्रमलाई सिमित गर्नु परेको र समुदायमा आधारित कार्यक्रमलाई सिमित घेरामा रही अन्तरकृया गर्नुपरेको बताउनु हुदै यस कार्यक्रमले पनि समुदायमा सकारात्मक सन्देश प्रभाव पर्ने बताउनु भएको छ । सरकारले वनलाई समुदायमा हस्तान्तरण गरेसङ्गै पाचौं वन दिवस मनाउने अवधी सम्म अत्यन्तै राम्रो काम भएको, वन संरक्षणले गर्दा वनको क्षेत्रफल बढेको, गरिबी निवारणमा महत्त्वपूर्ण भुमिका खेलेको, पृथ्वीको तापक्रम घटाएको, सरकारले करिव ४ अर्ब कार्वन बेच्ने हैसियत राखेको महासंघका अध्यक्ष आचार्यले बताउनु भएको थियो ।

सामुदायिक वनको विकास, विस्तार र संरक्षण गर्न सबै मिलेर लाग्नुपर्नेमा जोड दिदै सरकारले पनि स्पष्ट नितिनिर्माण गरि पुर्ण रूपमा समुदायलाई स्वामित्व दिनु पर्ने बताउदै अध्यक्ष आचार्यले वैज्ञानिक वनको व्यवस्थापन भन्दा दिगो वन व्यवस्थापनमा महासङ्हले जोड दिदै आएको बताउनु भएको छ । वैज्ञानिक वन बनिसकेका ठाउँमा धेरै बिकृती देखिएकाले पनि त्यति प्रभावकारी नमानिएको बताउदै अध्यक्ष आचार्यले समुदायलाई वनको संरक्षण गर्न पनि आफै दिनु बढी प्रभावकारी हुने र आम्दानीको श्रोत खुल्ने भएकोले सरकारले समुदायलाई बन हस्तान्तरण गरेको हुँदा आम्दानी र व्यवस्थापनमा ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ ।

यस्तै दिवसका अवसरमा रुद्रपुर सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष नाम बहादुर केसि, सामुदायिक वनका तर्फबाट शिवनगर सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष नारायण बहादुर घिमिरे लगायतले बोल्नु भएको थियो। सामुदायिक वन उपभोक्ता महासंघ रुपन्देहीका अध्यक्ष दिनानाथ आचार्यको अध्यक्षता तथा सामुदायिक जिल्ला वन उपभोक्ता महासंघ रुपन्देहीका सचीव श्यामकली आचार्यको सञ्चालनमा रुद्रपुर सामुदायिक वनको सभाहल कन्चन ४ मा कार्यक्रम भएको थियो भने वन दिवसको अवसर पारेर रुद्रपुर सामुदायिक वन उपभोक्ता समूहको कार्यलय परिसरमा बृक्षारोपण गरिएको थियो ।

सम्बन्धित् समाचार