गृहपृष्ठ खबर २४ घण्टामा थप ३३८ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु

२४ घण्टामा थप ३३८ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु

प्रकाशित मिति:
Nepal corona
Nepal corona

नेपालमा पछिल्लो २४ घण्टामा थप तीन सय ३८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सोमबार सङ्क्रमण पुष्टि भएका सँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २३ हजार तीन सय १० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा आठ हजार चार सय ३२ जनाको पीसीआर परीक्षण गर्दा तीन सय ३८ जनामा कोरोना पुष्टि भएको हो । यस्तै गएको २४ घण्टामा एक सय ४० जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएसँगै कोरोना जित्नेको सङ्ख्या १६ हजार चार सय ९३ पुगेको छ । ६ हजार सात सय ३८ जना अहिले देशका विभन्न ठाउँका आइसोलेशनमा छन् । यस्तै १० हजार सात सय ५९ जना क्वरेण्टीनमा छन् ।

यस्तै गएको २४ घण्टामा नेपालमा कोरोना सङ्क्रमणबाट थप चार जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या जना पुगेको छ ।

 

सम्बन्धित् समाचार