गृहपृष्ठ खबर त्रिविको भदौ पहिलो साता परीक्षा लिने निर्णय स्थगित 

त्रिविको भदौ पहिलो साता परीक्षा लिने निर्णय स्थगित 

प्रकाशित मिति:


त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले भदौ पहिलो साताबाट लिने भनिएको परीक्षा स्थगित भएको छ। सरकारले लामो दूरीको यातायात भदौ १५ पछिमात्रै सञ्चालनमा ल्याउने निर्णय गरेसँगै परीक्षा स्थगित भएको हो। त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले भदौ पहिलो, दोस्रो र तेस्रो साताबाट परीक्षा सञ्चालन गर्ने निर्णय स्थगित भएको जानकारी दिए।

त्यस्तैगरी कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को आइतबार बसेको बैठकले विद्यार्थी भर्ना र परीक्षा सञ्चालन असोज १ बाट गर्ने प्रस्ताव गरेको छ। यसअघि विद्यार्थी भर्ना र परीक्षा सञ्चालन भदौ १ गतेबाट खुला गर्ने निर्णय गरेको थियो।

सम्बन्धित् समाचार