गृहपृष्ठ खबर सरकारले भदौ १६ गतेबाट विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न दिने

सरकारले भदौ १६ गतेबाट विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न दिने

सरकारले नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण स्थगित परीक्षा १६ भदौबाट सञ्चालन गर्न दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले ‘विद्यार्थी भर्ना, शैक्षिक र अन्य परीक्षा सञ्चालन’ १६ गतेबाट गर्न दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सूचना, सञ्चार तथा प्रविधि मन्त्री डा. युवराज खतिवडाले बताए ।

जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गरी परीक्षा सञ्चालन र विद्यार्थी भर्ना गर्न दिने निर्णय गरेको प्रवक्ता खतिवडाले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले भने भदौ मसान्तसम्म विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न नदिने सिफारिस गरेको थियो ।

५ साउनमा सरकारले १ भदौबाटै परीक्षा सञ्चालन र विद्यार्थी भर्ना गर्न दिने निर्णय गरेको थियो । सरकारको यो निर्णयपछि कतिपय विश्वविद्यालयहरूले भदौ दोस्रो हप्ताबाट परीक्षा सञ्चालनको तयारी गरेका थिए ।

कोभिड–१९ संक्रमित र ज्यान गुमाउनेका संख्या बढ्दै गएपछि सरकारले आफ्नो पुर्व निर्णयमा पुनर्विचार गरेको हो ।

सम्बन्धित् समाचार