गृहपृष्ठ अर्थ/वाणिज्य सुनको मूल्य एकैदिनमा घट्यो ६ हजार , तोलाको एक लाख १६ सय पर्ने सुन अब ९५ हजार ४ सयमा

सुनको मूल्य एकैदिनमा घट्यो ६ हजार , तोलाको एक लाख १६ सय पर्ने सुन अब ९५ हजार ४ सयमा

काठमाडौं । बुधबार सुनको मूल्य एकैदिन ६ हजार रुपैयाँले घटेको छ। मंगलबार एक लाख १६ सयमा कारोबार भएको सुन ६ हजार दुई सयले घटेर ९५ हजार ४ सयमा पुगेको हो। सुनको मूल्य बढेर एक लाख साढे तीन हजारसम्म पुगेको थियो।

आज चाँदीको मूल्य पनि घटेर १२ सय १० रुपैयाँमा पुगेको छ। अघिल्लो दिन १४ सय ३५ रुपैयाँमा कारोबार भएको सुन एकैदिन २ सय २५ रुपैयाँले घटेको सुनचाँदी व्यवसायी महासघंले जनाएको छ।

आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १८ सय ७६ अमेरिकी डलरमा कारोबार भइरहेको छ। सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमै घटबढ भएर त्यसको असर नेपालमा समेत देखिएको महासंघले बताएको छ।

सम्बन्धित् समाचार