गृहपृष्ठ खबर देशभर थपिए ५२५ कोरोना संक्रमित, मृतकको संख्या ९५ पुग्यो

देशभर थपिए ५२५ कोरोना संक्रमित, मृतकको संख्या ९५ पुग्यो

Nepal corona
Nepal corona

देशभर बिहीबार ५ सय २५ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन्।

साथै बिहीबार देशभरबाट १ सय ९ जना डिस्चार्ज भएका छन्। आज काठमाडौंमा मात्र १ सय ९ जनामा कोरोना देखिएको छ। त्यसैगरी भक्तपुरमा ५ र ललितपुरमा ११ जनामा कोरोना पुष्टि भएको गौतमले बताए। हाल देशभरका क्वारेन्टाइनमा १४ हजार ७ सय ६९ जना बसिरहेका छन्। देशभर हाल ७ हजार ६ सय १३ संक्रमित रहेका पनि गौतमले जानकारी दिए।

बुधबार देशभर ४ सय ८४ जनामा कोरोना पुष्टि भएको थियो। देशभर सक्रिय संक्रमित ८ हजार २५ जना रहेका उनले बताए। हालसम्म ९५ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ।

सम्बन्धित् समाचार