गृहपृष्ठ खबर विजयनगरले समुदायमा कोरोना रहे नरहेको पत्ता लगाउन स्वाब संकलन गर्दै

विजयनगरले समुदायमा कोरोना रहे नरहेको पत्ता लगाउन स्वाब संकलन गर्दै

 कपिलवस्तुको विजयनगर गाउँपालिकाले समुदायस्तरमा कोरोना सङ्क्रमण रहे नरहेको पत्ता लगाउन स्वाब संकलन गर्ने भएको छ । विजयनगर गाउँपालिका भित्र बढी जनसम्पर्कमा रहेका व्यापारी, उद्योगी व्यवसायी, हाल सालै भारत लगायत अन्य मुलुकबाट आएका व्यक्तिहरु, कोरोना भाइरससँग मिल्दो जुल्दो लक्षण देखिएका संकास्पद व्यक्तिहरु, जनप्रतिनिधी र कर्मचारीहरुको स्वाब संकलन गरिने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले विहिवार एक सुचना जारी गर्दै सम्बन्धित सबैलाई यहि साउन ३१ गते शनिबार गाउँपालिकाको वडा नम्बर ७ स्थित लौटनराम द्रौपदी देवी माध्यमिक विद्यालय गणेशपुरमा उपस्थित भई स्वाब संकलनमा सहभागी हुन अनुरोध गरेको छ ।

सम्बन्धित् समाचार