गृहपृष्ठ Featured कपिलवस्तुका थप एक कोरोना संक्रमितको मृत्यु

कपिलवस्तुका थप एक कोरोना संक्रमितको मृत्यु

प्रकाशित मिति:

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत कपिलवस्तुका एक कोरोना संक्रमितको शनिबार बिहान मृत्यु भएको छ ।

२९ गते ज्वरो खोकी लागेर उपचारको लागि लुम्बिनीस्थित प्रदेशिक अस्पतालमा आएका मायादेवी गाउँपालिका वडा नम्बर ७ का ४० वर्षीय पुरुषको बिहान ८ बजे मृत्यु भएको हो । ती पुरुषलाई आइसीयूमा राखेर उपचार गरिएको थियो भने उनमा कोरोना संक्रमण पुष्टि भएको थियो।                                                                                                             यस अघि कपिलवस्तुमा कोरोनाकै कारण एक जनाको ज्याम गएको थियो ।

सम्बन्धित् समाचार