गृहपृष्ठ खबर बाणगंगा वडा न. १ मा पनि देखियो समुदायमा कोरोना सर्तक रहन वडा अध्यक्ष अधिकारीको आग्रह

बाणगंगा वडा न. १ मा पनि देखियो समुदायमा कोरोना सर्तक रहन वडा अध्यक्ष अधिकारीको आग्रह

 

कपिलवस्तुको वाणगंगा नगरपालिका वडा न १ मा पनि समुदायमा कोरोना संक्रमण पुष्टि भएको छ । वडा नम्बर १ बैरियाका ४० वर्षका पुरुषमा संक्रमण पुष्टि भएको नगर स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले बताएका छन ।

आफ्नै खर्चमा पिसीआर जाँच गरेका उनको आइतबार रिपोर्ट पोजेटिभ आएको हो । यसरी वडा न.१को समुदायमा कोरोना देखिए पछि सबैमा नआतिकन सर्तकता अपनाउन वडा अध्यक्ष बालकुमारी अधिकारीले वडा वासीहरुलाई आग्रह गरेकि छन् । उनी घरमै बस्ने समुदायका पुरुष रहेको वडा कार्यालयले जनाएको छ ।

सम्बन्धित् समाचार