गृहपृष्ठ Featured कपिलवस्तुको मधुवनधाम क्षेत्रमा भएको १० बिघा अतिक्रमित जग्गा हटाउन सुरु

कपिलवस्तुको मधुवनधाम क्षेत्रमा भएको १० बिघा अतिक्रमित जग्गा हटाउन सुरु

प्रकाशित मिति:

कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं ८ को मधुवनधाम क्षेत्रमा भएको १० बिघा क्षेत्रफल अतिक्रमण गरिएको जग्गा हटाउन सुरु भएको छ । मधुवन धाम क्षेत्रमा अतिक्रमण रोक्ने सम्बन्धमा बसेको सर्वपक्षीय बैठकबाट भएको निणर्य अनुसार अतिक्रमण गरिएको जग्गा हटाउन लागिएको हो । अतिक्रमित क्षेत्र भनी नक्सामा छुट्याइएको जग्गा बाहेक भएको अतिक्रमण हटाउने वाणगंगा नगरपालिकाको निणर्यले पहलि कदम चालेको हो ।

सुकुम्बासी बस्ती रहेको त्यस स्थानमा ०७६।०७७ मा बहाल बिटौरी कर तिरेका बाहेक कसैको पनि कर नलिन वडाले नै व्यवस्था मिलाउने र सर्वपक्षीय अनुगमन गरी अतिक्रमित क्षेत्र हटाउने लगायतका निणर्य गरेकोले अतिक्रमण गरिएको जग्गा हटाउन लागिएको हो ।

वाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारुले धार्मीक तथा पर्यटकीय स्थल मधुवन धाम विकासको लागि जस्तो सुकै कदम चाल्न तत्पर हुने प्रतिवद्धता व्यक्त गर्दै समंग्र बाणगंगा नगरपालिका भित्रका सबै अतिक्रमण बिस्तारै हटाउने बताए ।उनले कपिलवस्तु जिल्लामा रहेका यस्ता धामको संरक्षण गर्नु सबैको कतव्र्य रहेको दाबि गरेका छन् ।

यस्तै वडा नं ८ का वडा अध्यक्ष गुणानिधि भुसालले मधुवन धामको विकास संगै वडाको समंग्र विकासमा सदैव कटिवद्ध रहने र वडा न. ८ले अवका दिनमा अतिक्रमणको समस्या झेल्नु नपर्ने उनको भनई छ । उनले मधुवन जस्तो धार्मीक स्थललाई आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन नयाँ योजनाका साथ लागिपर्नु पर्ने बताए ।

अतिक्रमण भएको जग्गालाइृ हटाउनका लागि नगर कार्यपालिका सदस्य पूर्णकला सुनारको अध्यक्षतामा सबै पक्ष समेट्ने गरी ३० सदस्यीय समिति समेत गठन गरिएको छ । मधुवन क्षेत्रमा जस्तै वाणगंगाका अन्य क्षेत्रहरु समेत अतिक्रमण भएकोले सम्बन्धित पक्षको ध्यान जान जरुरी देखिन्छ ।

सम्बन्धित् समाचार