कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिकाले समुदायमा कोरोनाबाट सक्रमित हुने विपन्न, जनजाती तथा मुस्लिम समुदायका ब्यतिmको उपचारमा आधा खर्च ब्यहोर्ने निणर्य गरेको छ । उपचारमा आर्थिक अभाव देखिएको गुनासो आएपछि नगरपालिकाले यस्तो निर्णय गरेको हो ।
त्यस्तै गत आ.वमा कोरोना नियन्त्रणका लागी कपिलवस्तु नगरपालिकामा ९१ लाख ८३ हजार ९२९ रुपैया खर्च भएको बिवरण सार्वजनिक गरेको छ । नगरपालिकाका मेयर किरण सिहंले कोरोना नियन्त्रणमा सबै सचेत भएर लाग्न समेत आग्रह गरेका छन ।