गृहपृष्ठ Featured आफ्नै भुमिमा रहेको सर्वोच्च शिखर सगरमाथाको उचाइ नेपालले पहिलो पटक नाप्यो

आफ्नै भुमिमा रहेको सर्वोच्च शिखर सगरमाथाको उचाइ नेपालले पहिलो पटक नाप्यो

 

 

काठमाडौं -विश्वकै सर्वोच्च शिखर सगरमाथाको देश भनेर कहलिएको छ नेपाल । नेपालले सगरमाथाको उचाइ भने पहिलो पटक मापन गरेको छ । हालसम्म नेपालले अरू नै देशले गरेको मापनलाई मान्दै आएको थियो ।

सगरमाथा उचाइ मापन सचिवालयका संयोजक सुशील डंगोलले उचाइ नाप्ने काम सकिएको जानकारी दिनु भयो ।

‘उचाइ घोषणाका लागि चीनसँग समन्वय भइरहेको छ’, सहसचिव डंगोलले भन्नु भयो । चीनसँग संयुक्त रूपमा उचाइ घोषणा गरिने उहाको भनाइ छ । उनले नयाँ उचाइ कति भनेर खुलाउनु भएन ।

नापी विभागले असार मसान्तभित्र अन्तर्राष्ट्रिय कार्यशाला गरी उचाइ घोषणा गर्ने तयारी गरेको थियो । तर, लकडाउनका कारण तथ्यांक प्रशोधन प्रभावित भयो । अब भने प्रशोधनसहित सम्पूर्ण काम सकिएको संयोजक डंगोलको भनाइ छ ।

‘लकडाउनका सुरुआती दिनमा काम केही प्रभावित भयो तर अहिले सकेका छौ’, उनले भने, ‘चीनसँग संयुक्त रूपमा घोषणा गर्ने सहमतिले गर्दा केही समय लेला ।’ चीनका तर्फबाट पनि मापनको काम भइरहेको उहाँले बताउनु भयो ।

चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउँदा दुवै देशका राष्ट्रप्रमुखको संयुक्त वक्तव्यमा सगरमाथाको उचाइ घोषणा संयुक्त रूपमा गर्ने उल्लेख थियो ।

-अन्नपूर्ण पोष्ट दैनिकबाट

सम्बन्धित् समाचार