कपिलवस्तुको बाणगंगा नगरपालिकामा कोरोना संक्रमण देखिएका समुदायस्तरका व्यक्तिको कन्ट्रयाक्ट ट्रेसिङको काम शनिबारबाट सुरु भएको छ । पछिल्लो समय समुदायस्तरका कोरोना देखिन थालेपछि यहाँका समुदायस्तरका ब्यक्तिहरु त्रसित भएका छन् । सनिबार मात्र २० जनाको कन्ट्रयाक्ट ट्रेसिङ गरिएको छ ।
बाणगंगाका ब्यापारी, सामाजिक कार्यकर्ता र अन्य समुदायमा घुलमिल भएका ब्यक्तिमा कोरोना देखिएपछि उनीहरुको सम्पर्क कहाँकहाँसम्म पुगेको छ ? पहिचान गरी पिसीआर जाँच गर्ने तयारी भइरहेको नगरका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले वैखरी अनलाइनलाई जानकारी दिए।
शुक्रबार मात्र नगरमा ५ जनामा कोरोना पुष्टि भएको थियो । सनिबार बिहान पुन ३ जनामा पुष्टि भएको छ । संक्रमित उनीहरुको पनि सम्पर्क भएका ब्यक्ति खोजी गरिने र कन्ट्रयाक्ट ट्रेसिङलिइने स्वास्थ्य प्रमुख पौडेलले बताए । नगरपालिका र कपिलवस्तु उद्योग बाणिज्य संघको संयुक्त पहलमा २ सय ८९ जनाको स्बाब संकलन भएकोमध्ये ९० जनाको रिपोर्ट आइसकेको छ ।
जसमा ८ जनामा कोरोना पुष्टि भएको छ भने बुटवल आफै गएर पिसीआर जाँच गराउँदा एक जनामा पनि कोरोना देखिएको छ । यिनै संक्रमित मध्य घुलमिल भएका आधारमा सनिबार मात्र २० जनाको कन्ट्रयाक्ट ट्रेसिङ गरिएको र अन्यको आईतवार गरिने नगरपालिका स्वास्थ्य साखाले जनाएको छ ।