गृहपृष्ठ Featured कपिलवस्तुमा भदौ १५ गतेसम्मका लागि निषेधाज्ञा थपियो , बैंक तथा बित्तीय संस्था खुल्ने

कपिलवस्तुमा भदौ १५ गतेसम्मका लागि निषेधाज्ञा थपियो , बैंक तथा बित्तीय संस्था खुल्ने

प्रकाशित मिति:

कपिलवस्तुमा थप ८ दिन निषेधाज्ञा थपिएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले अाइतबार एक विज्ञप्ति मार्फत सो कुराको जानकारी गराएको हो ।

पछिल्लो समय थप भएको एक हप्ताको निषेधाज्ञा आज राति १२ बजे सकिन लागेको बेला दिउँसो बजेको बैठकले निषेधाज्ञालाई भदौ १५ गतेसम्म लम्बाएको हो ।

जिल्ला प्रशासनमा आइतबार दिउँसो बजेको जिल्ला सुरक्षा समितिको बैठकले भदौ १५ गतेसम्म अत्यावश्यकीय बस्तुहरु बाहेक सम्पूर्ण गतिविधि ठप्प पार्ने गरी जिल्लामा लकडाउन जारी गरेको हो । बैंक तथा बित्तीय संस्था भने स्वास्थ्य मन्त्रालयले जारी गरेको सावधानी अपनाएर बिहान ८ बजेदेखि १० बजेसम्म खुल्न पाउने भएका छन् ।

जिल्लामा साउन २६ गते राति १२ बजेदेखि लगातार लकडाउन हुँदै आएको छ । पछिल्लो समय जिल्लाभित्र समुदाय तहमा कोरोना संक्रमण फैलिदै गएको छ । अहिलेको स्थितिमा कोरोनाबाट बच्ने एक मात्र उपाय लकडाउन भएको निष्कर्ष निकाल्दै आगामी भदौ १५ गतेसम्म जिल्लामा लकडाउन जारी भएको हो ।

सम्बन्धित् समाचार