गृहपृष्ठ खबर म्याद सकिएका सवारी लाइसेन्स भदौसम्म नवीकरण गर्दा सवारी धनीले जरिवाना तिर्नु नपर्ने

म्याद सकिएका सवारी लाइसेन्स भदौसम्म नवीकरण गर्दा सवारी धनीले जरिवाना तिर्नु नपर्ने

चैत ११ पछिको लकडाउन अवधिमा लाइसेन्सको म्याद सकिएर पनि नवीकरण गर्न नपाएका सवारी धनीले जरिवाना तिर्नुनपर्ने भएको छ । यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै लकडाउन अवधिमा म्याद सकिएका सवारी धनीले भदौ मसान्तसम्म नवीकरण गर्दा जरिवाना तिर्नुनपर्ने जानकारी दिएको हो ।

यसअघि पनि यस्तो सुविधा दिने भनिएपनि प्रणालीमा त्यस्तो छुट दिने गरी व्यवस्था नगर्दा यातायात कार्यालयले जरिवाना उठाएका थिए ।

अहिले विभागले सिस्टमलाई ‘मोडिफिकेसन’ गरेर भदौसम्म नवीकरण गर्दा जरिवाना नलाग्ने व्यवस्था गरेको हो ।

सम्बन्धित् समाचार