गृहपृष्ठ अन्तरास्ट्रिय खबर नेपालमा रुस, चीन तथा अक्सफोर्डले बनाएको कोरोना खोपको क्लिनिकल ट्रायल गरिने

नेपालमा रुस, चीन तथा अक्सफोर्डले बनाएको कोरोना खोपको क्लिनिकल ट्रायल गरिने

काठमाडौँ – विश्वका विभिन्न देशमा कोभिड नाइन्टिनविरुद्ध बनेका भ्याक्सिनको क्लिनिकल ट्रायल नेपालमा गर्न प्रस्ताव आएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् एनएचआरसीले रुस, चीन तथा अक्सफोर्ड विश्वविद्यालयको समूहले बनाएको भ्याक्सिनको तेस्रो चरणको क्लिनिकल ट्रायल नेपालमा पनि गर्न प्रस्ताव आएको जानकारी दिएको हो ।

एनएचआरसीका सदस्यसचिव डाक्टर प्रदीप ज्ञवालीले चीनको होङसी कम्पनीले निर्माण गरेको भ्याक्सिन एक हजार जनाका लागि ट्रायल गर्न प्रस्ताव आएको बताउनुभयो । ज्ञवालीले रुसमा निर्माण भएको भ्याक्सिनको तेस्रो चरणको क्लिनिकल ट्रायल र उत्पादन सम्भव भए नेपालले पनि लगानी गर्ने सम्बन्धमा प्रस्ताव आएको बताउनुभयो ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद सदस्यसचिव डा.प्रदीप ज्ञवालीले तेस्रो चरणको क्लिनिकल ट्रायल गर्नका लागि पनि केही प्रक्रिया पूरा गर्नुपर्ने बताउनुभयो । उहाँले नेपालमा ‘सेन्ट्रल इथिकल रिभ्यु बोर्ड’ एनएचआरसी अन्तर्गत विभिन्न विषयविज्ञसहितको स्वतन्त्र बोर्ड रहेको र त्यहाँ छलफल भएपछि मात्रै क्लिनिकल ट्रायलका लागि स्वीकृतिका लागि लग्ने बताउनुभयो ।

सम्बन्धित् समाचार