डोटी – सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकामध्ये अहिलेसम्म चार हजार चार सय जना निको भएर घर फर्किएका छन् । मङ्गलबार दिउँसोसम्म प्रदेशमा पाँच हजार चार सय ६ सङक्रमित रहेको र तीमध्ये नौ जनाको ज्यान गएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिममा मङ्गलबार दिउँसोसम्म नौ सय २९ जना सक्रिय सङ्क्रमित रहेका छन् । सङ्क्रमण पुष्टि भएका र लक्षण देखिएका ६३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
महाकाली अस्पतालमा २३, सेती प्रादेशिक अस्पतालमा १४, टीकापुर अस्पतालमा ११, जिल्ला अस्पताल अछाममा १०, जिल्ला अस्पताल डोटी र डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा दुई÷दुई र मालाखेती अस्पतालमा एक जना सङ्क्रमितको उपचार भइरहेको छ । अन्य सङ्क्रमित भने पालिकाको आइसोलेशन र होम आइसोलेशनमा रहेको निर्देशनाले जनाएको छ ।








