गृहपृष्ठ अन्तरास्ट्रिय खबर रुसी खोप पाउने पहिलो देश बेलारुस

रुसी खोप पाउने पहिलो देश बेलारुस

कोरोनाभाइरसको खोप दर्ता गर्ने संसारको पहिलो देश रुस हो । रुसले बेलारुसलाई स्पुतनिक भी खोप दिन लागेको छ । रुसी खोप पाउने पहिलो देश बेलारुस हुने भएको छ ।मस्को टाइम्समा आएको समाचारअनुसार, रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकोशेन्कोलाई खोपको पहिलो जत्था पठाउने आश्वासन दिएका छन् । दुवै नेताले फोनमा कुराकानी गरेका छन् ।

बेलारुसमा अहिले लुकाशेन्कोविरुद्ध विरोध प्रदर्शनहरू भइरहेका छन् । तर स्वयं खोप लिन चाहनेहरूलाई मात्र खोप दिइनेछ किनकि रुसले खोपको तेस्रो चरणको परीक्षण अझै पनि गरिरहेको छ । तेस्रो चरणअगावै रुसले खोप सफल भएको घोषणा गरेर उत्पादन थालिसकेको थियो ।

कोरोनालाई लुकाशेन्कोले शुरूमा त केही हैन भन्दै खारेज गरेका थिए । उक्त देशमा आधिकारिक रूपमा कोरोनाको ७० हजारभन्दा बढी केस देखिएका छन् ।

सम्बन्धित् समाचार