कपिलवस्तुमा हालसम्म ४५ जना सुरक्षाकर्मी संक्रमित भएका छन्। जसमध्ये नेपाल प्रहरीका ४३ र सशस्त्र प्रहरीका २ जना संक्रमित भएका हुन्। चैत्र ११ देखि सरकारले गरेको लकडाउनपछि हालसम्म ती संक्रमित भएका हुन्।
नेपाल प्रहरीका ४३ मध्ये ६ जना निको भई घर फर्किसकेका कपिलवस्तुका प्रहरी उपरिक्षक नवराज अधिकारीले बताए। ३७ जनामा सकृय संक्रमित छन्। यस्तै सशस्त्रका २ मध्ये एक जना निको भई काममा फर्किसकेको र एक जना सकृय संक्रमित छन्।
संक्रमित सुरक्षाकर्मी रुपन्देही र कपिलवस्तुका विभिन्न अस्पतालमा उपचारार्थ रहेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ। कोरोना विशेष अस्पताल बुटवलमा ३ जना, १० जना कृष्णनगर आइसोलेसन र २४ जना प्रहरीको तौलिहवा स्थित महिला तथा बालबालिका कार्यालयको आइसोलेसनमा छन्। लकडाउन पछिको पछिल्लो एक महिनाको अवधीमा संक्रमितको संख्या बढेको हो।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले कोरोनाको सामान्य लक्षण देखिएका प्रहरीको मात्र पिसीआर जाँच गराउने गरेको छ। उता बैकिङ संस्था र ब्यवसायीहरु तीस तीस बढी संक्रमित भएका छन्। शिक्षक, विद्यार्थी, कर्मचारी लगातय समेत संक्रमित भएका छन्।