गृहपृष्ठ खबर नेपालमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

नेपालमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

प्रकाशित मिति:
काठमाडौं- वीरगञ्ज हेल्थ केयर अस्थाई अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएकोे छ।

बाराका ४२ वर्षीय र ६६ वर्षीय पुरुषको मंगलबार राति उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।

अस्पतालकी मेट्रोन भूमिका अधिकारीका अनुसार ४२ वर्षीय पुरुषको मंगलबार राति ८ बजे र ६६ वर्षीय पुरुषको राति ११ बजे मृत्यु भएको हो।

४२ वर्षीय पुरुष भदौ ९ गते कोरोना पोजेटिभ भई श्वासप्रश्वासमा र ज्वरोको समस्या लिएर अस्पतालमा भर्ना भएका थिए। उनी मिर्गौलाका बिरामी थिए। उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो।

त्यस्तै ६६ वर्षीय पुरुष ७ दिन अगाडि कोरोना पोजेटिभ भई श्वासप्रश्वास र ज्वरोको समस्या लिएर अस्पतालमा भर्ना भएका थिए। उनी  मधुममेह, उच्च रक्तचापका बिरामी थिए।

ad

सम्बन्धित् समाचार