गृहपृष्ठ खबर कोरोनाका कारण थप ८ जनाको मृत्यु, मृतकको संख्या १८३ पुग्यो

कोरोनाका कारण थप ८ जनाको मृत्यु, मृतकको संख्या १८३ पुग्यो

प्रकाशित मिति:
Nepal corona
Nepal corona

कोरोनाबाट देशभर थप ८ जनाको मृत्यु भएको छ । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले बितेको २४ घण्टामा ५ महिलासहित ८ जनाको मृत्यु भएको बताए ।

जसमा ललितपुर, बारा, कास्की, रुपन्देही र बाँकेका १–१ जना महिला तथा काठमाडौं, पर्सा र कपिलवस्तुका १–१ पुरुष रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा देशभर १ हजार १११ संक्रमित थपिएका छन् । यसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३५ हजार ५३९ पुगेको उनले बताए ।

सम्बन्धित् समाचार