गृहपृष्ठ Featured कपिलवस्तुमा निमार्ण भएको १ महिनासम्म सञ्चालनमा आएन आइसोलेसन सेन्टर

कपिलवस्तुमा निमार्ण भएको १ महिनासम्म सञ्चालनमा आएन आइसोलेसन सेन्टर

प्रकाशित मिति:

कपिलवस्तुको चन्द्रौटामा निमार्ण भएको आइसोलेसन अझै सञ्चालनमा आउन सकेको छैन । आइसोलेसन सञ्चालनका लागी आवश्यक स्वास्थ्यकर्मी र उपकरण नहुदा आइसोलेसन सेन्टर सञ्चालनमा आउन नसकेको हो । १ महिना अगाडी निमार्ण कार्य सम्पन्न भएतापनि हालसम्म आइसोलेसन सञ्चालनमा नआउदा जिल्लाका कोरोना संक्रमित सबै रुपन्देही जिल्लाको भरमा बस्नु परेको छ ।

करिव ७२ लाखमा निमार्ण भएको आइसोलेसन नगरपालिका र जिल्लाका नेताहरुले चासो नदिदा सञ्चालनमा आउन नसकेको हो । सेन्टर निमार्णको जिम्मा पाएका बरिष्ठ समाजसेवि महादेव पोखरेलले सबैले आफनो ठाउबाट लागेर आइसोलेसन छिट्टै सञ्चालनमा ल्याउन आवश्यक रहेको बताए ।

उनको र यीनको पहलमा चन्द्रौटामा भन्दै मिडिबाजी गर्ने सासंदको जवाफदेहिता देखेर अहिले कपिलवस्तुका नागरिक चिन्तित भएका छन । काम नगरी चर्चा कमाउन खोज्ने त्यस्ता नेताका गफ मात्रै रहेको सर्वसाधारण बताउछन ।

सम्बन्धित् समाचार