गृहपृष्ठ Featured बाणगंगा नगरपालिकाले प्रसुती हुने महिलालाई निशुल्क एम्बुलेन्स सेवा दिने

बाणगंगा नगरपालिकाले प्रसुती हुने महिलालाई निशुल्क एम्बुलेन्स सेवा दिने

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाले नगर भित्रका गर्भवति महिलालाई सुत्केरी हुने बेला निशुल्क एम्बुलेन्स सेवा दिने भएको छ ।

नगरपालिका भित्र रहेका प्रसुती हुने महिलालाई घरबाट नगरले तोकेको तिन वटा अस्पतालमा लैजान लाग्ने एम्बुलेन्स शुल्क नगरपालिकाले दिने निर्णय भएको हो ।

 

नगरपालिका भित्रका ३ वटा बर्थिङ सेन्टर( पिपरा, ओदार र कोपवा) मा नगरपालिका भित्रका ६ वटा सस्थागत एम्बुलेन्सले उत्त सेवा दिने बाणगंगा नगरपालिकाका प्रवत्ता बिष्णु पौडेलले वैखरी अनलाइनलाई बताए ।

ति अस्पतालमा प्रसुती हुन नसक्ने भए डाक्टरको सिफारिसमा बुटवल रिफर गरिने र सो समयमा लाग्ने एम्बुलेन्स खर्च पनि नगरपालिकाले नै तिर्ने निर्णय भएको उनले बताए ।

सम्बन्धित् समाचार