गृहपृष्ठ खबर मुटु अस्पतालका थप स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि अस्पताल नै बन्द

मुटु अस्पतालका थप स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि अस्पताल नै बन्द

बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका थप स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल अनिश्चितकालसम्मका लागि बन्द भएको छ। अस्पतालले सूचना निकालेर अस्पतालको निर्मलीकरण र अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुको कोरोना परीक्षण गर्नुपर्ने भएको भन्दै अस्पतालबाट प्रदान भएका डायलाइसिस, सीटी स्क्यान र फार्मेसी सेवाबाहेकका सबै सेवा अर्को सूचना जारी नहुँदासम्मका लागि बन्द गरेको जनाएको छ।

अस्पतालले संक्रमित चिकित्सक र स्वास्थ्यकर्मीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ। अस्पतालले कति स्वास्थ्यकर्मीमा संक्रमण देखिएको भन्ने खुलाएको छैन।

यसअघि मुटु अस्पतालमै कार्यरत ३ जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि अस्पतालले २४ घण्टाका लागि सेवा बन्द गरेको थियो।

सम्बन्धित् समाचार