गृहपृष्ठ खबर नेपालमा थप १२ जनाको मृत्यु, सङ्क्रमितको सङ्ख्या ३७ हजार नाघ्यो

नेपालमा थप १२ जनाको मृत्यु, सङ्क्रमितको सङ्ख्या ३७ हजार नाघ्यो

प्रकाशित मिति:

विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट थप ८८४ जनामा देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यो वृद्धिसँगै सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या ३७,३४० पुगेको सरकारी तथ्याङ्कले देखाउँछ। शनिवार अपराह्ण आयोजित दैनिक प्रेस ब्रीफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिले देशभरि १६,५७८ जनामा सक्रिय सङ्क्रमण भएको जानकारी दिए।

तीमध्ये १०,१४५ जना संस्थागत आइसोलेशनमा र बाँकी ६,४४५ जना घरमै छन्। अहिले सबैभन्दा बढी सक्रिय सङ्क्रमित प्रदेश नं २ र वाग्मती प्रदेशमा छन्।

भदौ १२ गते शुक्रवार ९२७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो भने थप १२ जनाको मृत्यु भएको थियो।

सम्बन्धित् समाचार