गृहपृष्ठ खबर “प्रचण्डसँग कोरोनाका कारण हात मिलाउन पाएको छैन” : प्रधानमन्त्री ओली

“प्रचण्डसँग कोरोनाका कारण हात मिलाउन पाएको छैन” : प्रधानमन्त्री ओली

प्रकाशित मिति:

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ठीक ढंगले अघि बढिरहेको बताएका छन्। पत्रकार ऋषि धमलासँग प्राइम टाइम टेलिभिजनमा शनिबार साँझ भएको संवादका क्रममा प्रधानमन्त्रीले यस्तो बताएका हुन्। “सरकार ठीक ढंगले चलेको छ। हामी ठीक दिशामा अघि बढिरहेका छौं। कसलाई कतिखेर मन पर्दै त्यो त म भन्‍न सक्दिनँ”, उनले भने, “पार्टीमा बाहिर भने जस्तो विवाद थिएन, सरकारलाई कसैले असहयोग गरेको भन्‍ने कुरा पनि होइन।”

उनले प्रधानमन्त्रीले मनपरी गरेको भन्‍ने कुरा गलत भएको बताए। “प्रधानमन्त्रीले मनोमानी गर्‍यो भन्‍नेहरुले पहिलो कुरा बुझ्नुपर्छ हाम्रो संसदीय प्रणालीबारेमाु, उनले भने, “प्रधानमन्त्री कार्यकारी हो भन्‍ने कुरा बुझ्‍नुपर्छ। पार्टीले नीतिगतरुपमा सरकार चलाउँछ। तर सीधै हस्तक्षेप गर्ने होइन। “नेकपाका अध्यक्ष समेत रहेका ओलीले पार्टीले सबै कुरामा हस्तक्षेप गर्ने हो भने मन्त्रिपरिषद्कै आवश्यकता नहुने बताए।

“पार्टीले नै सबै हस्तक्षेप गर्ने हो भने किन मन्त्रिपरिषद्‍ बनाउनुरु किन प्रधानमन्त्री बनाउनुरु सरकारका नाममा पार्टीकै सचिवालय भए भइगयो निु, उनले भने, “पार्टीले नै सबै कुरा गर्ने हो भने किन मन्त्रिपरिषद् चाहियोरु हामीले हाम्रो शासन प्रणाली र सिस्टम बुझ्‍नु आवश्यक छ।” उनले प्रधानमन्त्रीका हैसियतले सबैका कुरा सुन्‍ने पनि बताए।

“हाम्रो शासन प्रणालीमा निर्णय कहाँ र कसरी हुन्छ थाहा पाउनुपर्छ। प्रधानमन्त्रीले सबैका कुरा सुन्छ। तर निर्णय आफ्नो विवेकले गर्छु, उनले भने, “जसले पनि जे पायो त्यही बोल्ने गरेका छन्। त्यो ख्याल गरौँ।” प्रधानमन्त्री ओलीले पार्टीमा समस्या देखिनुपर्ने कुनै कारण नभएको बताए। “सरकारमा समस्या देखिनुपर्ने कुनै कारण नै छैन। अहिले नेताहरुबीचमा देखिएको असमझदारी कसरी अन्त्य गर्नेरु भनेरै कार्यदल बनेको हो। हामीले विधिलाई ठीक बाटोतिर लाने काम गरेका छौ”, उनले भने। उनले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र आफूबीचको विवाद मिलिसकेको बताए।

“प्रचण्ड र तपाईंबीच रहेको असमझदारी मिलेको छ। प्रचण्ड र म बीचको असमझदारी मिलिसक्यो”, उनले भने, “मन मनै हात मिलाउने हो भने मिलाउन सकिन्छ। कोरोनाले गर्दा प्रचण्डजीसँग हात मिलाउन पाएको छैन।”

सम्बन्धित् समाचार