आज एकै दिन कपिलवस्तुको बाणगंगामा १३ जना कोरोना संक्रमित थपिएका छन ।
जसमा वडा नः ५ को एक जना पुरुष , वडा नः ७ को एक जना पुरुष जो सञ्चारकर्मी रहेका छन ।
वडा नः १ मा ७ जना महिला र पुरुष ३ जना गरेर १० जना थपिएको बाणगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले वैखरी अनलाइनलाई बताए ।
यस् अघी वडा नम्बर ४ को एक जना पुरुष भनिए पनि उनी वडा नम्बर १ कै रहेको बुझिएको छ साथै वडा नम्बर १ मा थपिएका अधिकांश सक्रमित यस् अघी भेटिएका कोरोना संक्रमितका परिवारका सदस्यहरू रहेको जानकारी प्राप्त भएको छ l








