गृहपृष्ठ खबर थप १२२८ जनामा कोरोना सङ्क्रमण, ज्यान गुमाउनेको सङ्ख्या दुई सय ५७ पुग्यो

थप १२२८ जनामा कोरोना सङ्क्रमण, ज्यान गुमाउनेको सङ्ख्या दुई सय ५७ पुग्यो

Nepal corona
Nepal corona

काठमाण्डौ : नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ४२ हजार आठ सय ७७ पुगेको छ । गएको २४ घण्टामा एक हजार दुई सय २८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १३ हजार चार सय १३ जनाको पीसीआर विधिमार्फत परीक्षण गर्दा एक हजार दुई सय २८ जनामा कोरोनाको सङ्क्रमण देखिएको हो । यस्तै गएको २४ घण्टामा नौ सय १७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या २४ हजार दुई सय सात पुगेको छ । यो ५६ प्रतिशत हो ।

अब नेपालमा १८ हजार चार सय १३ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै ६ हजार सात सय ४९ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा ६ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या दुई सय ५७ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

 

सम्बन्धित् समाचार