गृहपृष्ठ खबर कपिलवस्तुमा १ सुरक्षाकर्मी सहित ७ कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित १ सय ३४ जना

कपिलवस्तुमा १ सुरक्षाकर्मी सहित ७ कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित १ सय ३४ जना

प्रकाशित मिति:

कपिलवस्तु : कपिलवस्तुमा एक प्रहरी सहीत ७ जना कोरोना संक्रमित थपिएका छन । यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या ११ सय ४७ पुगेको छ । शुक्रवार जिल्ला प्रहरी कार्यालयका एक जना र बाणगंगा नगरपालिका वडा नम्बर १ का ५ जना र वडा नम्बर ८ का एक जना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालकाय कोरोना फोकल पर्सन कुमार थापाले बताए ।

संक्रमित मध्ये १ हजार ८ जना डिस्चार्ज भई हाल १ सय ३४ जना मात्र सक्रिय संक्रमित छन । जिल्लामा कोरोनाबाट ४ जनाले ज्यान गुमाएका छन ।

 

सम्बन्धित् समाचार