
टिएसएलसी खारेजीको विरोधमा कपिलवस्तु सहित देशभरका ६२ वटा जिल्लाबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाईएको छ ।
राष्ट्रिय चिकित्सा शिक्षा आयोगले डिप्लोमा तह मुनिका स्वास्थ्य शिक्षा कार्यक्रम चालु आ.व. बाट हटाउने निर्णय गरेकाले नेपाल निजी प्राविधिक बिद्यालय महासंघले बिरोध जनाएको छ ।
आयोगको २०७७ साउन ३० गते बसेको बैठकको प्रस्ताब नम्बर को निणय न २ र ३ अनुसार डिप्लोमा तह भन्दा मुनिका स्वास्थ्य शिक्षा कार्यक्रमहरुमा यसै शैक्षिक सत्रदेखि भर्ना नगर्ने निर्णय गरेकोमा राष्ट्रिय चिकित्सा शिक्षा आयोग ऐनको दफा १५ (४ं) र १५(५) भन्दा फरक निर्न भएको भन्दै आपत्ति जनाएको छ ।
महासंघमा आबद्ध प्राविधिक बिद्यालय संचालकहरुले आयोगको उक्त निर्णय फिर्ता लिनु पर्नै माग गर्दे शुक्रवार प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेल मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् ।
चालु आ.व.को नविकणका लागि सिटीइभिटीले आवश्यक दस्तुर जम्मा गराई सकेको अवस्थामा कार्यक्रम स्थगित भएको ज्ञापन पत्रमा उल्लेख गरिएको निजी प्राविधिक शिक्षालय महासंघका केन्द्रिय उपाध्यक्ष तथा प्रदेश पाँचका अध्यक्ष अरुण कुमार पान्डेले वैखरी अनलाइनलाई बताए। देशभरका ६२ वटा जिल्लाबाट एकैपटक ज्ञापनपत्र बुझाइएको उपाध्यक्ष पाण्डेले जानकारि दिए ।








