गृहपृष्ठ Featured नवप्रभात युवा क्लब द्वारा गजेहडामा प्रहरी पोष्ट निर्माण

नवप्रभात युवा क्लब द्वारा गजेहडामा प्रहरी पोष्ट निर्माण

प्रकाशित मिति:

नवप्रभात युवा क्लब ठाकुरापुरले बाणगङ्गा ४ गजेहडा स्थित प्रहरी चौकिमा प्रहरी पोष्ट निर्माण गरि हस्तान्तरण गरेको छ। वि.स.२०७२ सालमा तिन जानाको दरबन्दीमा स्थापना भएको अस्थाइ प्रहरी बिटमा १५ जना दरबन्दी थप गरि हालमात्रै प्रहरी चौकिमा परीणत गरीएको हो । पााँच बर्ष देखि अस्थाई प्रहरी बिट रहेको गजेहडामा अहिले सम्म कुनै निकाय बाट पोष्टको निमार्ण गरिएको थियन ।

घाम पानी तथा यस कोभिड महामारी को विषम परिस्थितिमा प्रहरी लाई चौकी बाहिर डिउटी गर्न अत्यन्त कठिन भैरहेको अवस्था मध्यनजर गर्दै कल्बले पोष्ट निर्माण गरेको हो । २५ हजार रुपियाँ को लागतमा उक्त पोष्ट निर्माण गरिएको क्लबका अध्यक्ष मिलन चालिसेले जानकारी दिए।

कल्वले पोष्ट निर्माण गरिदिए पछि रात दिन डिउटी गर्न अत्यन्त सहज भएको उक्त चौकी प्र.सा.नि. ओम प्रकाश शर्माले बताए। प्रहरी पोष्ट नवप्रभात क्लबका सदस्य जीवन आचार्यको संयोजकत्वमा निर्माण सम्पन्न भएको हो । क्लब ले स्थानिय स्तरका हरेक समाजिक सास्कृतिक क्रियाकलापमा सक्रिय उपस्थिती जनाउदै आइरहेको छ।

सम्बन्धित् समाचार