गृहपृष्ठ Featured रुपन्देहीको सियारीकी ९६ वर्षीया वृद्धाले घरमै बसेर जितिन् कोरोना

रुपन्देहीको सियारीकी ९६ वर्षीया वृद्धाले घरमै बसेर जितिन् कोरोना

रुपन्देहीको सियारी गाउँपालिका वडा नं.–१ की एक ९६ वर्षीया बृद्धले घरमै बसेर कोरोना जितेकीछन् । शुक्रबार उनी कोरोनालाई जिते पछि डिस्चार्ज भएकी सियारी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बुद्धी बहादुर घर्तिले बताएका छन् ।

रुपन्देहीकोे एक बैंकमा कार्यरत उनका नातीको स्वाव संकलन गरी परिक्षण गर्दा नातीमा कोरोना देखिए पछि कन्ट्रयक ट्रेसिङ्गका क्रममा ९६ वार्षिय हजुरआमा र ५४ वार्षिय आमालाई पनि कोरोना देखिएको थियो ।

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख घर्तिका अनुसार संक्रमण देखिएका एकै घरका ९६ वर्षिय हजुरआमा र आमा घरमै होम आइसोलेशन र नाती भैरहवा होम आईसोलेसनमा रहेका थिए । उनीहरु तीनै जनामा कोरोनाको लक्षण अहिले नदेखिएको र १४ दिनको होम आईसोलेसनको बसाई पछि ड्ब्लु.एच.ओ र स्वास्थ्य मन्त्रालयको निर्देशिका अनुसार उनीहरुलाई ७ दिनको होम कोरेन्टाइन बस्नेगरि आईसोलेसनबाट डिस्चार्ज गरिएको स्वास्थ्य शाखा प्रमुख घर्तीले जानकारी दिए । उनीहरुको स्वास्थ्य अवास्था राम्रो रहेको उनको भनाई छ ।

यस्तै सियारी गाउँपालिकामा अहिले सम्म २६ जना कोरोना पोजेटिभ देखिएका छन् । जसमध्य अहिले सम्म २३ जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् । तीन जना अझै आइसोलेसनमा रहेका छन् । कोरोना जितेका तथा संक्रमितहरुको आत्मावल बढाउन गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, जनप्रतिनिधी, स्वास्थ्यकर्मी लगाएतकाको टोलि समय समयमा आइसोलेसन, होम आइसोलेसन तथा कोरेन्टाइन बसेकाहरुकोमा जाने गरेकाछन् ।

कोरोना जिते पनि समाजको डर रहिरहेकाले उनिहरुको आत्माबल बढाउन तथा समाजले गलत तरिकाले हेर्ने दृष्टिकोण परिवर्तन गर्न उनीहरु बसेको ठाउँमा जाने गरिएको गाउँपालिका अध्यक्ष अयोध्या थारुले बताएकाछन् । कोरोना लागेका तथा कोरोना जितेका र आइसोलेसन वा क्वारेन्टाइन बसेकाहरु आफ्नै दाजुभाई, छिमेकी भएकोले उनीहरुलाई राम्रो ब्यवहार गर्नु पर्ने उनको भनाई छ ।
उनले भने–“गाउँपालिकाले बनाएको आइसोलेसन, क्वारेन्टाइन तथा होम आइसोलेसनमा रहेका ब्यक्तिहरुको बसाई तथा खानपानको विषयमा हाम्रो अनुगमन जारी छ । यसले क्वारेन्टाइन र आइसोलेसन बसेकाहरुको अवस्थ बुझ्न सजिलो हुन्छ र उनीहरुको आत्माबल बढ्नेछ ।”

सम्बन्धित् समाचार