कपिलवस्तु । करिब २ वर्ष अगाडि “बिटा थालासेमिया मेजर”भन्ने रोग का कारण भारतको बैंगलोरस्थित पिपुल ट्री हस्पिटलमा वोन म्यारो प्रत्यारोपण गर्नको लागि भर्ना भएकी गृष्मा खनाल आहिले उपचार गराएर घर फर्कने भएकी छिन् ।
यद्यपि पूर्ण रूपमा निको हुन भने समय लाग्ने भएता पनि अब नेपालबाट अनलाइन फलोअप गर्न सकिने र बिच बिचमा बेंगलोर नै जानुपर्ने र घर लैजादा हुने कुरा डाक्टरले सल्लाह दिएपछि नेपाल आउने निर्णय गरेको गृष्माका बुवा श्रीधर खनालले बताएका छन् ।
उपचारको क्रममा देश विदेशबाट सहयोग गर्नु हुने सम्पूर्णलाई धन्यवाद दिँदै गृष्मामा बुवाले आफू पनि परी आए अरुलाई सहयोग गर्न पछि नहट्ने बताए ।
जन्मेको २ महिनादेखी अरुको रगतको सहारा र औषधिको भरमा बाचेकी गृष्मा निको पार्न भन्दै नेपाल तथा भारतका धेरै अस्पताल धाउदै जादा २०७६ साल बैशाखमा बोन म्यारो ट्रान्स्प्लान्ट गरे निको हुने तर खर्च लगभग ४० लाख लाग्ने डाक्टरले बताएपछि आफ्नो क्षमताले नभेट्ने भएको हुदा परिवारले गृष्माको उपचारका लागि सहयोग आव्हान गरिएको थियो ।
२०७६ जेठमा सहयोग अपिल सुरु गरि कार्तिकको अन्त्यमा सहयोग अपिल बन्द भएको कुरा जानकारी सार्वजनिक गरिएको थियो । त्यसक्रममा २४ लाख ५७ हजार ९२७ रुपैयाँ सहयोग रकम उठेको थियो । सहयोग अपिल बन्द भइसके पछि पनि कहीं कतैबाट आएको सहयोग रकमलाई समेट्दा एकमुष्ट साढे पच्चीस लाख उठेको थियो ।
गृष्माकी आमाले सम्पूर्ण नेपालीको साथ र सहयोगका कारण उपचार सम्भव भएको र आफ्नी छोरीले नयाँ जीवन पाएको भन्दै आफू जस्तो सुकै कठिन समयमा हार खान नहुने बताएकी छन् ।