गृहपृष्ठ खबर कोरोना संक्रमितको शव धार्मिक परम्पराअनुसार ब्यवस्थापन गर्न दिनुपर्ने समाजावादी फोरमको माग

कोरोना संक्रमितको शव धार्मिक परम्पराअनुसार ब्यवस्थापन गर्न दिनुपर्ने समाजावादी फोरमको माग

प्रकाशित मिति:

कपिलवस्तु : मृत्यु भएका कोरोना संक्रमितको सदगद धार्मिक परम्पराअनुसार गर्न दिनुपर्ने संघीय समाजबादी फोरम नेपालले माग गरेको छ । प्रजिअ दीर्घ नारायण पौडेललाई सो पार्टीले ज्ञापन पत्र बुझादै सो माग गरेको हो । पार्टी जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादवको अगुवाईमा गएको टोलीले धार्मिक मुल्य मान्यताका आधारमा सावधानी अपनाएर शवको ब्यवस्थपान गर्न दिनु पर्ने माग गरे ।

पत्रकार बनारसी बर्मा कोरोना संक्रमित भए पछि शव ब्यवस्थापनका बिषयमा तौलिहवाका युवाहरु र सुरक्षाकर्मी बिच राति तनाव भएको थियो । प्रजिअ पौडेल र सरोकारवालाबिच छलफल पछि बल्ल धार्मिक मान्यताका आधारमा सावधानी अपनाई रामघाटमा दाहसस्कार गर्न दिइएको थियो । बाकेमा कोरोना संक्रमितको शव ब्यवस्थापनमा सरोकारवालासंग छलफल गरी धार्मिक बिधिअनुसार गर्न दिइएको पार्टी सभापति यादवले बताए ।

‘ हामीले पनि बोक प्रशासनले जस्तै शव ब्यवस्थापनकालागि सरोकारवालासंग छलफल गरी सवाधानी अपनाएर दिनु पर्छ भन्ने माग गरेका छौ ’ उनले भने । कोरोना लगायतका बिषयमा हुने बिभिन्न सवालमा सरोकारवला र स्थानीय सरकारसंग छलफल गर्नु पर्ने उनले माग गरे । आफुहरुले कारोना महामारीका बिषमाय प्रशासनसंग सहकार्य गर्न तयार रहेको उनले बताए ।

सम्बन्धित् समाचार